काठमाडौँ । यती एयरलाइन्सले एकसाथ दुइवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२-५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२-५०० सिरिजको जहाज ७ पुगेको छ ।अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुई वटा एटिआर ७२-५०० विमान थप गरेको छ । 

OM Sai Pathibhara Hospital

थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन- एओएफ र ९एन-एओएच (9N-AOF and 9N-AOH) पाएको छ । खरिद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बताएका छन। सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्‍याउने लक्ष्य रहेको रहेको छ। 

अहिले यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छभने अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दै आएको छ ।