मोरङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी र कोशी प्रदेश प्रहरी गण बिराटनगरको स्थलगत निरीक्षण भ्रमण गरेका छन । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन ।
निर्देशनको क्रममा कार्यालयहरुको आ-आफ्नै कार्यक्षेत्र र जिम्मेवारी रहेको हुँदा कानुनको परिधिमा रहेर मानव अधिकारको संरक्षण गर्दै कार्य गर्न निर्देशन दिए । यसका साथै वहाँले नेपाल प्रहरीको पहिलो प्राथामिकता भनेको शान्ति सुरक्षा अमन चयन गर्ने कार्य रहेको हुँदा आ-आफ्नो पदिय जिम्मेवारी अनुसार कार्य गर्न र संबिधान, ऐन नियममा उल्लेख भए बिपरितका कार्यहरु नगर्न अनुरोध गर्नु हुँदै कुनै पनि प्रहरी कर्मचारीले गलत कार्य गरेमा क्षम्य नहुने बताए ।
निर्देशनकै क्रममा वाहाँले तालिम केन्द्रनै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले बैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताउँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत निर्देशन दिए। निरीक्षण भ्रमणको क्रममा वाँहाले दुबै प्रहरी कार्यालयमा बृक्षारोपन समेत गरेका थिए ।
निरीक्षण भ्रमणको क्रममा कार्यालय प्रमुखहरुले कार्यालयबाट सम्पादन हुने कार्यहरुको बारेमा प्रदेश प्रहरी प्रमुख समक्ष आ-आफ्नो कार्यालयको बारेमा प्रस्तुतिकरण गरेका थिए ।