काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपालकालागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच शिष्टाचार भेट भएको छ । भेटघाट बालेन साहको कार्यकक्षमा भएको हो ।Screenshot_2024_0201_182709भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए भने राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताएका छन् ।राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन।