काठमाडौं  ।   अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् ।FB_IMG_1706438196347

एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । स्मरण रहोस तत्कालिन प्रधानमन्त्री ओलीले आफनो सरकारको पालामा एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनेगरी कानून ल्याएका थिए भने पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने घोषणा गरेका थिए।FB_IMG_1706438068081

OM Sai Pathibhara Hospital

पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर नमेटिने घाउ फिल्मको निर्माण गरिने अभिनेता ढुङ्गानाले जानकारी दिएका छन । रमित ढुङ्गानाकै ब्यानरमा बन्ने यस फिल्मको कथा शिभम अधिकारीले लेखेका हुन् । यो चलचित्रमा लगानी पनि ढुङ्गाना कै रहेको छ । केपी ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छन्। फिल्ममा रमितको पनि अभिनय रहनेछ । यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् ।Screenshot_2024_0128_162119

आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।Screenshot_2024_0128_163910