काठमाण्डौ  ।  नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी' मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो। 

सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ  । समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ ।

OM Sai Pathibhara Hospital

यो विश्वकपमा नेपालसहित ४ समूहका ३–३ गरी १२ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा समूह ए र डी अर्थात समूह बि र सीमा रहेका टिमहरु बिच प्रतिस्पर्धा हुनेछ । नेपाल रहेको समूह डी ले सुपुर सिक्समा समूह ए का राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् । उक्त समूहबाट भारत र बंगलादेश सुपर सिक्स खेल्नेछन् । तेस्रो टोलीको टुंगो शनिबार हुने खेलले लाग्नेछ ।

सुपर सिक्समा समूह ए को विजेताले समूह डिको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ । उपविजेता हुने टिमले अर्को समूहको पहिलो र तेस्रो अर्थात समूह चरणमा तेस्रो हुने टिमले सुपर सिक्समा अर्को समूहको पहिलो र दोस्रो टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह डी बाट तेस्रो टिमको रुपमा सुपर सिक्समा प्रवेश गरेको हो ।

नेपालले सुपर सिक्स समूह ए को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ए बाट भारत र बंगलादेश विजेता र उपविजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेका हुन् । यी टिममध्ये विजेता, उपविजेताको छिनोफानो शनिबारको खेलले हुनेछ ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ए को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ । नेपालले सुपर सिक्सको पहिलो खेल जनवरी ३१ मा समूह ए को उपविजेता र फेब्रुअरी २ मा समूह विजेतासँग प्रतिस्पर्धा गर्नेछ