काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।

OM Sai Pathibhara Hospital

उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु भन्दै साम्पाङले  तालाबन्दीपछि सामाजिक सञ्जालबाट  उपकुलपतिले ढिलो नगरी निकास दिन आग्रह गरेका छन् ।