काठमाण्डौ   ।   माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर १६ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।Screenshot_2024_0115_200806

OM Sai Pathibhara Hospital

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर,  २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताएका छ्न।