सर्लाही । जनकपुरधाममा उद्योगी व्यापारीहरुले बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरु बिरुद्ध प्रदर्शन गरेको छ । बैंकको चर्को ब्याज बिरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको रैली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदर बिरुद्ध आफूहरुलाई आन्दोलनमा उतरिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।

OM Sai Pathibhara Hospital

धर्नामा सम्बोध्न गर्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाई दिन बैंकहरुसंग आग्रह गरेका छन । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए ।

उनले बैंकको ब्याज दर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचीमा नराख्न माग समेत गरेका छन ।

आफूहरुको माग सम्बोधन नभए अहिले सांकेतिक बिरोध गरेका छौँ आउने दिनमा थप सशक्त आन्दोलन गर्ने पजियारले चेतावनी दिएका छन ।