काठमाडौँ  ।  राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो साता माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ। यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुनेछ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्ने बताएका छन।

एसईईका निम्ति ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए ।

OM Sai Pathibhara Hospital

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुन्छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ।  यसअघि ग्रेडिङ सिस्टम रहेको थियो ।