नव वर्षको  अभिनन्दन


OM Sai Pathibhara Hospital

आउ नव वर्ष को  गरौ अभिनन्दन 

प्रफुल्लित गर आफ्नो हृदयको  कण-कण,

मनको मझेरिमा  आशाको  नव ज्योति जलाउ ,

नया उर्जा नया भरोसाले सिंचित गर तन-मन,

आउ नव वर्षको  हामी सबले

गरौ अभिनन्दन।


नववर्षमा  गरौ हामी सबले नवसृजन-नवप्रवर्तन,

खुशिहरुले  भरौ मनको  स्वच्छन्द विस्तृत आनन्द ।

चारैतिर आफ्नोपन र सत्कर्मको  सुगन्ध फैलाऔ ,

ज्ञानपुँजले  अन्तस्करणको  तमस मिटाऔ

रोशन गरौ जीवन,

आउ नववर्षको  हामी सबले गरौ अभिनन्दन।


अभिसिंचित नव ज्योत्सनाको  हो अमृतवर्षण,

स्नेहसिंचित हो सबका हृदय पुल्कीत भएर घुलित मधुकण।

नकारात्मकता,अवसादको  अन्त्य हो सम्पन्न हो अकिन्चन, 

मधु-विभव बर्ष धरामा ,

सन्तोष,सुखको  हो

शुभकामना ।

प्रभातकी सुनौलो प्रेमिल रश्मिको   गरौ वन्दना ,

आउ नव वर्षको  हामी सबले गरौ अभिनन्दन।

       -देवेन्द्र किशोर ढुङगाना

     नेपाली साहित्य परिषद झापा