काठमाडौँ । नेपालले एसिसी यू-१९ एसिया कपमा आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईको आइसिसी एकेडेमी ओभल९२ मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अङ्क हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्न सक्छ ।

OM Sai Pathibhara Hospital

सन् २०१७ को यू१९ एसिया कपमा कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुको साथै ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले भारतलाई १९ रनले हराएको थियो । अन्य कुनै पनि खेलमा नेपालले भारतलाई हराउन सकेको छैन । भारतसँग यू१९ मा नेपालले २०१८ पछि पहिलो पटक खेल्दै छ ।