काठमाण्डौ  ।  हिमरश्मीका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा मंगलबार स्वर्ण जितेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलमा भएको प्रतियोगिताको ब्वाइजमा सनमले निर्धारित दूरी ४ मिनेट ३२.०१ सेकेन्डमा पूरा गरे । गल्र्समा अस्मिताले निर्धारित दूरी तय गर्न ५ मिनेट ३५.३० सेकेन्ड समय खर्चिन् ।

OM Sai Pathibhara Hospital

तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १ सय मिटर दौडको ब्वाइजमा एलएनएका सैलेश श्रेष्ठ र गल्र्समा एलएनएकै सुजता बलामी तथा ४ सय मिटर दौडको ब्वाइजमा एलएनएका सन्तबहादुर दराई र गल्र्समा एलएनएकी रोशिका बोथेले स्वर्ण जिते । ४ गुणा १ सय मिटर रिलेको ब्वाइज÷गल्र्स दुवैमा एलएनएले शीर्ष स्थान हात पा¥यो ।

ब्याडमिन्टन ः दियोन र अस्मिता पहिलो
रोजमेरीका दियोन भण्डारी र एलएनएकी अस्मिता खत्री दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा मंगलबार पहिलो भएका छन् ।

सिंगल्सको ब्वाइजमा दियोन र गल्र्समा अस्मिता पहिलो भएका हुन् ।
ब्वाइजमा हिमरश्मीका अर्जुन साउद दोश्रो तथा फुटुङ माविका कमलनाथ योगी र सिद्धार्थ मोडेलका निशान घतानी तेश्रो भए । गल्र्समा स्प्रिङ भ्याली माविकी सुजिना कार्कीले रजत तथा मानसिंह धर्म माविकी डोल्मा तामाङ र हिमरश्मीकी उपसना बोहराले कांस्य हात पारे ।

मिक्स डबल्समा हिमरश्मीका अरुण बस्नेत र कृतिका श्रेष्ठले स्वर्ण, स्प्रिङ भ्यालीका अमृत अधिकारी र काभ्या अधिकारीले रजत तथा एन्जल्स हार्टका सौरभ पुन र आलिया राई तथा मानसिंहका लोकेश बोहरा र स्मृति लामाले कांस्य प्राप्त गरे ।