काठमाडौँ । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो।

कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।

OM Sai Pathibhara Hospital

क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई समयमै चिन्न सकियो भने यसको उपचार सम्भब हुन्छ।

सुरुवाती लक्षणहरुः

थकान महसु;   यदि ७/८ घण्टा निदाएर उठ्दा पनि थकान र आलस्य महसुस हुन्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ। बिना परिश्रम थकान महसुस हुनु ब्लड क्यान्सरको सुरुवाती लक्षण पनि हुनसक्छ । साथै, शरीरमा रगतको कमिले पनि यस्तो हुनसक्छ।

शरीरमा निलडाम;  शरीरको कुनै अंगमा चोटपटक र ठक्कर नलागेको अवस्थामा पनि निलडाम देखिनु ब्लड क्यान्सरको लक्षण हुनसक्छ । ब्लड क्यान्सर वा ब्लड इन्फेक्सन भएको अवस्थामा यस्तो लक्षण देखापर्ने गर्छ । प्रायः शरीरमा प्लेटलेट्सको कमि भएमा रगतका थोपाहरु जम्न थाल्छन् र हात, गोडा र जाँघमा यस्ता निलडाम बढी देखिन्छन् ।

सास फुल्ने;  हल्काफुल्का काम गर्दैमा सास फुल्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु ल्युकीमिया हुँदा देखापर्छ। रगत भएको इन्फेक्सनको कारण शरीरको क्षमता कम हुन थाल्छ ।

सामान्यताः एक स्वस्थ व्यक्ति १२ देखि १५ सिढीँ आरामले चढ्न सक्छ। तर ८ वा १० सिढीँ चढ्दा सास फुल्छ भने चिकित्सकको सल्लाह लिन अत्यन्तै जरुरी हुन्छ । यस्तो लक्षण ब्लड क्यान्सरका साथै कोलेस्ट्रोल र दमका लक्षण पनि हुनसक्छन् ।

ज्वरो आए जस्तो अनुभव;  छिट्टै ज्वरो आउने, चिसो लाग्ने र निको हुने भाइरल हुनसक्छ। तर २ दिनसम्म औषधि उपचार गर्दा पनि वा निको हुने वित्तिकै ज्वरो आइहाल्ने अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ। ज्वरोसँगै जाडो अनुभव हुनु ब्लड क्सान्सरको लक्षण हुनसक्छ।

सुतेको समयमा पसिना आउनु;  राति सुतेको समयमा पसिना आउनु सामान्य कुरा होइन । पसिनासँगै दुर्गन्ध, अनुहार र काखीमुनि अत्यधिक पसिना आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

अत्यधिक टाउको दुखाई;  सामान्यतयाः टाउको दैनिक जीवनयापनका कारण दुख्ने गर्छ । माइग्रेन वा अन्य रोगका कारण पनि टाउको दुख्ने समस्या आउँछ। तर, टाउको अत्यधिक दुख्ने र टाउकोमा रहेको कुनै पनि अंगबाट रगत आएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ।