काठमाण्डौ  ।   सन्तोष सेनको निर्देशनमा फिल्म 'बलिदान' बन्ने भएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको फर्स्ट भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा मधेस आन्दोलनको परिवेशलाई देखाइएको छ। 

फिल्मको फर्स्ट लुक भिडियो सार्वजनिक गरेपनि कलाकारबारे खुलाइएको छैन। दोस्रो भिडियोमा कलाकारबारे खुलाइने सेनले बताएका छन्। आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा  पवन विष्टले निर्माण रहने छ भने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्।

OM Sai Pathibhara Hospital

दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित छन। पुरूषोत्तम प्रधानले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। फिल्म आगामी वर्ष २०८१ को दसैंमा प्रदर्शन हुनेछ।