काठमाडौं   । रेखा थापाले धेरै समय पछि फिल्म उपहार ल्याउदै छन।  बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म उपहारको पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ दुबै महसुस हुन्छ ।

बबुलको संगीत र शंकर अधिकारीको शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार तीन जोडीलाई प्रस्तुत गरिएको छ ।

OM Sai Pathibhara Hospital

रेखा थापा र मुकुन भुसाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । काठमाण्डौ सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ ।     

ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भनिएको छ ।