काठमाडौँ ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। साविकको खुद्रा मूल्यमा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत राखिएको निगमले जनाएको छ।

मूल्य समायोजनपछि अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत नै रहेको छ।

OM Sai Pathibhara Hospital

नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। निगमले घटाएको मुल्य आज राति १२ बजेदेखि लागु हुनेछ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार पेट्रोल र ग्यासको मूल्य समायोजन हाललाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Screenshot_2023_1101_013354