काठमाण्डौ   ।   शनिबारबाट रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापार आक्रामक छ । चलचित्रले पहिलो दिन २ करोड ४० लाखको ग्रस कलेक्शन गरेको थियो । यसपछि, यो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक भएको छैन । तर, रिलिजको छैटौ दिनसम्म आइपुग्दा पनि यसको आक्रामक व्यापार कायमै छ ।

आज पनि देशभरका अधिकांश हलमा बिहानैदेखि दर्शकको चाप उच्च छ । मध्यान्न, दिवा र बेलुकीका शोजहरुमा दर्शक भरिभराउ छन् । दर्शकको उच्च अकुपेन्सीका कारण पनि यो चलचित्रले आज फेरि आक्रामक व्यापार गर्ने देखिएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार दशैंको टिकाको दिनमा पनि यो चलचित्रले उच्च व्यापार गरेको छ । चलचित्रले मंगलबार मध्यान्न १२ बजेबाट शोज पाएको थियो । यसपछि, हलमा दर्शकको उच्च अकुपेन्सी देखियो । बुधबार  पनि देसैभरीका चलचित्र  घरमा हाउसफुल नै रहयो।

दशैंको बिदा अझै ३ दिन रहेकाले पनि चलचित्रको व्यापार आक्रामक हुने देखिन्छ । विशेषगरि, दर्शकको वर्ड अफ माउथ र समीक्षकको प्रतिक्रिया सुखद रहेकाले पनि व्यापारिक रफ्तार आक्रामक नै देखिएको हो ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रलाई खगेन्द्र लामिछानेको कथा तथा निर्माण छ । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बनियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ।

चलचित्रले रिलिजको आठौ दिन अर्थात शनिबारसम्म १० करोड माथिको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ ।