काठमाण्डौ  ।   नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १७० पर्नेछ । निगमले ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ।यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ।  

OM Sai Pathibhara Hospital

भारतीय आलय कर्पोरेसनले मूल्य बढाएर पठाएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले पनि मूल्य वृद्धि गरेको हो ।