काठमाण्डौ  ।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ। शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्केका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा धुरव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ।

OM Sai Pathibhara Hospital

मन्त्री लिम्बूलाई भेट्न शनिवार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए। उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी  लिएको स्वास्थमा सुधार आएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताए।