काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ ।

फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् ।

OM Sai Pathibhara Hospital

नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।