बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) शैक्षिक बिकृती अन्त्यको माग गर्दै झापाका १५ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।

सामुदायिक बिद्यालयमा माध्यामिक तहसम्म निशुल्क, गुणस्तरीय शिक्षा, निजी बिद्यालयमा अनिवार्य रुपमा १० प्रतिशत छात्रबृती दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो । अनेरास्ववियुले भिन्न भाषा अध्ययनको नाममा सामुदायिक बिद्यालयले बिद्यार्थीसँग शुल्क असुल गरिरहेकोप्रति पनि ध्यानाकर्षण भएको र अतिरिक्त बिभिन्न शीर्षकमा सामुदायिक बिद्यालयहरुले चर्काे शुल्क असुलिरेहेको पाइएको अध्यक्ष बलराम गिरिले बताए।

OM Sai Pathibhara Hospital

झापाका स्थानीय तहले हालसम्म निजी बिद्यालयमा शुल्कको बिषयमा मापदण्ड नबनाएकाले स्थानीय तहसँगको मिलेमतोमा निजी बिद्यालयले आफुखुशी शुल्क निर्धारण गर्दै आएका छन् । जसका कारण अभिभावक मारमा परेका छन् । अनेरास्वबियुले शुल्कको मापदण्ड तोकेर कार्यान्वयन गर्न स्थानीय तहलाई जोडदारस माग गरेको छ । 

अनेरास्ववियुले साउन दोस्रो सातादेखि शैक्षिक बिकृति अन्त्यको अभियान शुरु गरेको थियो । अभियानको समापनसँगै अब अनुगमन गर्न थालिने अनेरास्ववियुका झापा अध्यक्ष बलराम गिरीले जानकारी दिए । 

ज्ञापनपत्र बुझाउने क्रममा स्थानीय तहले बिद्यालयको अनुगमन नगरेको पाइएको अध्यक्ष गिरीले जानकारी दिए । 871D6D84-A708-4497-B403-5B0FD044F1AB

बिद्यालयले आफै मनोपरी शुल्क निर्धारण गरिरहेको र छात्रबृतिको नाममा गलत तथ्यांक सरोकारवाला निकायलाई बुझाइरहेको अनेरास्ववियुको अभियानको क्रममा बुजेको भताएको छ। अनेरास्ववियुले यसै सातादेखि बिद्यालयको अनुगमनसमेत गर्ने जनाएको छ ।