काठमाण्डौ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहितका निर्माण व्यवसायीहरु पक्राउ परेका छन् । आन्दोलनरत उनीहरु आज बिहान सिँचाई विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका बेला पक्राउ परेका हुन् ।

जावलाखेलस्थित सिँचाई विभागको कार्यालयबाट महासचिव दाहालसहित केही निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । Screenshot_2023_0813_120045

काम गरेको भूक्तानी पाउनुपर्ने, सबै आयोजनाहरुको एकमुष्ठ म्याद थप हुनुपर्ने लगायतका मागसहित आन्दोलनरत निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन स्वरुप सिँचाई विभागका महानिर्देशक र सडक विभागका महानिर्देशकको कार्यकक्षमा ताला लगाउने कार्यक्रम घोषणा गरेको थियो ।

उनीहरु पूर्वघोषित आन्दोलन अन्तर्गत सिँचाई विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यको कार्यकक्षमा ताला लगाउन पुगेका थिए ।