काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई फिर्ता बोलाएर दुई सांसदलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री प्रचण्डले हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेका हुन्। तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।

OM Sai Pathibhara Hospital

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको आन्तरिक तयारी छ। 

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर गरेर आजै शपथ गराउने तयारी छ। मन्त्री मोदी र किरातीको कार्यशैलीप्रति बालुवाटार सन्तुष्ट छैन। मन्त्री मोदीले कर्मचारी सरुवामा चलखेल र किराती स्टन्टबाजीमा रमाएको निष्कर्ष बालुवाटारको छ।