भद्रपुर  ।  दिगो विकासको लक्ष्यमा युवाको साथ भन्ने मुल नाराका साथ  २३औ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भद्रपुर नगरपालिका युथ क्लवको आयोजनामा भद्रपुर न पा -२ सगरमाथा चोकबाट ऐ ऐ -६ स्थित  भद्रपुर नगरपालिकाको कार्यालय सम्म खुल्ला  भद्रपुर युथ मिनी म्याराथुन  बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म भद्रपुर न पा प्रमुखको गणेश पोखरेलको अध्यक्षतामा करिब ८६/ ८७जनाको सहभागितामा शुरु भएको थियो। 

 उक्त मिनी  म्याराथनमा  सहभागी भएका विभिन्न उमेर समुहका व्यक्तिहरु मध्ये  १६-४० उमेर समुहका व्यक्तिहरुलाई प्रतिस्पर्धिको रुपमा लिई प्रथमा दितिय , तृतिय, र सान्तवना  हुनेलाई क्रमश १०,००० ७,००० ,५,००० र ३,००० नगद र प्रमाणपत्र भद्रपुर न पा  का प्रमुख गणेश पोखरेलले प्रदान गर्नु भएको ।साथै उक्त प्रतिस्पर्धामा सहभागी सबैलाई प्रमाणपत्र र अन्तराष्ट्रिय युवा दिवस लेखिएको टि - सर्ट वितरण गरिएको थियो।

OM Sai Pathibhara Hospital

 पुरुषतर्फ 

प्रथम  :-राजन म्याङ्वो भ नपा ४, दितिय:- दिपेश तामाङ भ न पा ५, तृतीय:- सुदिप लुम्बा  धनकुटा,नेपाल  आर्मि, सान्तवना :-सन्तोस साउद  इलाम ,नेपाल  आर्मि

महिला तर्फ 

प्रथम :- सुस्मिता राई, भ न पा ५, दितिय :- गिता श्रेष्ठ  ,नेपाल  आर्मि,  तृतीय :- जुनु राई,  नेपाल  आर्मि, सान्तवना:- मुना पोखरेल, पाचथर  नेपाल  आर्मि