काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्का ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो कपडा बरामद गरेको हो ।

पूर्व–पश्चिम लोकमार्गस्थित पोखराबाट तुलसीपुरतर्फ जाँदैगरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार आठसय ९० रुपियाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ हेक्का ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अवैध रूपमा भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज दुईसय ३२ पिस, ब्लाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् ।

पक्राउ गरी नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजस्व कार्यालय बुटवल पठाएको छ । चाडपर्व नजिकिएसँगै दाङमा चोरी–तस्करी बढ्दैगएको छ । यसैबीच अवैध रूपमा भारतबाट भित्रिने कपडामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ ।