काठमाण्डौ  ।  सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

OM Sai Pathibhara Hospital

सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो। स्रोतका अनुसार जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मागेको छ।