काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा हुने भएका छन् । उनलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

OM Sai Pathibhara Hospital

उनीमाथि यसअघि नै सफाइ पाइसकेको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग ब्युँताउँदै सीआईबीले बिनापूर्जी पक्राउ गरेकाे थियाे ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।