काठमाडौं  । दुईथान जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले अब एकै पटक तीनथान एटिआर जहाज ल्याउने भएको छ। आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउने गरी आवश्यक तयारी पूरा भएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिएका छन।

जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भएकाले केही समय अघिदेखि एटिआर जहाज खरिद गर्ने तयारी थालेको पोखरेलले  भनेका छन लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता गरेर फर्किएका पोख्रेलले जानकारी दिएका छन। जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार कुवेर ग्रुपलाई एटिआर नल्याए बन्द हुने पोखरेलको प्रस्तावपछि कुवेर ग्रुप एटिआर जहाज खरिदका लागि तयार भएको हो।

OM Sai Pathibhara Hospital

एटिआर जहाज ल्याउने भएपछि हाल भएका कर्मचारीलाई सुविधा दिएर आधा कटौतीसमेत गरिसकेका छन्। नयाँ जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सहमतिका लागि पत्र पठाउने तयारीमा लागेको पोखरेल जानकारी दिएका छन।

एटिआर जहाज आएपछि हाल भएका दुई जेट जहाजमार्फत भने उडान नहुने निश्चित भएको छ। हाल कुवेर ग्रुपले भारतमा निजी प्रयोजनका लागि जहाज प्रयोग गरिरहेका बेला जेट जहाज पनि लैजाने मनसाय बनाइरहेकाले अहिले नै ती जहाज के हुन्छ भन्ने टुंगो भने लाग्न बाँकी रहेको अध्यक्ष पोखरेलको बताएका छन।

जहाज खरिद गर्ने निर्णय भए पनि जहाज टिकटमा नेपालले चालू आर्थिक वर्षदेखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकाले सुरुवाती भाडा भने केही महँगो पर्नेप्रति पनि भारतीय लगानीकर्ताले चासो देखाएको उनको भनाइ छ। सरकारसँग भ्याट लगाउने निर्णय फिर्ता लिन वायुसेवा सञ्चालक संघमार्फत अनुरोध गरिरहेको उनले बताए। 

जेट जहाजबाट उडान गर्दै आएको सौर्यले एटिआर जहाज ल्याउने भएपछि त्यसका लागि नयाँ जनशक्ति आवश्यक पर्छ। एटिआर उडान गर्ने र मर्मत गर्ने पाइलटदेखि इन्जिनियरसहित नयाँ चाहिने भएकाले हालको जनशक्ति कटौती गरेर नयाँ थप्ने प्रक्रिया सौर्यले सुरु गरिसकेको छ। सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने भएकाले कर्मचारीलाई विशेष सुविधा दिएर बिदाइ गर्न लागेको छ। सौर्यले हाल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा, पोखरा र धनगढी उडान गर्दै आएको छ।