काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पछिल्लो समय चाँदीको मूल्य भने स्थिर रहँदै आएको छ ।  तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको छ ।