बिर्तामोड / पछिल्लो समय अत्याधिक बढिरहेको आँखा पाक्ने रोगका कारण भद्रपुर नगरपालिका क्षेत्र भित्रका सबै विद्यालय आजबाट बन्द गरिएको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै भद्रपुर नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय साउन २४ गते बुधबारसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सूचनामा भनिएको छ, आँखा पाक्ने रोगको संक्रमण फैलिँदा बालबालिकाहरू समस्या परेको अभिभावकहरूबाट गुनासो आएपछि नगरपालिकाले साउन २२ र २३ गते विद्यालय बन्द राख्ने र साउन २४ गते आदिवासी जनजाति दिवसको सार्वजनिक बिदा परेकोले बिहीबारदेखि नियमित विद्यालय सञ्चालन हुनेछ । आँखा पाक्ने रोगका कारण नगरपालिले यसअघि साउन १९ गतेदेखि साउन २२ गतेसम्म संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । May be an image of text