काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको हो । 

तेजाबी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी आज पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी  आज पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।