बिर्तामोड / पछिल्लो समय महामारीका रुपमा फैलिरएको आँखा पाक्ने रोगको प्रकोप बढेपछि भद्रपुर नगरपालिकाका क्षेत्रका सबै  निजी विद्यालय आज बन्द भएका छन् । विद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकासँग बैठक बसी सबै संस्थागत विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।

छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको नगरका शिक्षा शाखा शिक्षा अधिकृत राजकुमार ओडारीले जानकारी दिए । सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधवारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाकी रहेकोले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको शिक्षा शाखा अधिकृत ओडारीले बताए । आँखा पाक्ने रोगको प्रकोप बढेकोले विद्यार्थी तथा अभिभावकहरूलाई सतर्क रहन उनले आग्रह पनि गरेका छन् ।