काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख १२ हजार २ सय रुपैयाँमा झरेको छ भने तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ६ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय २५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।