काठमाडौं / नेपाली बजारमा सोमबार  सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्यमा तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको हो  । 

आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।