काठमाडौँ / साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ थियो ।