काठमाडौं / साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहको महासङ्घले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।