काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको हो । महासंघअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजाबी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।