काठमाडौं / काठमाडौं मेडिकल कलेजका विद्यार्थीले यतिबेला आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै  कलेजको २१ औं ब्याचका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

OM Sai Pathibhara Hospital

एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरूको गुनासो छ ।