काठमाडौँ / नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।

योसँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

OM Sai Pathibhara Hospital

आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।