बिर्तामोड / प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ८१ वर्षीय राम नरेश सिंह र रितेश देस्वान रहेका छन् ।

उनीहरूलाई शुक्रबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा एउटा बोलेरो गाडीसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीका अनुसार ७ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेको रकम र गाडीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।