काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । बुधबार साँझ अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो । बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन । राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।