काठमाडौँ / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

OM Sai Pathibhara Hospital

यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो ।