काठमाडौं /  राष्ट्रिय चिकित्सक महासंघ नेपालले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ ।मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।

स्वास्थ्यकर्मी प्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो । यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जुनसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको यस्तो अभिव्यक्ति पदीय जिम्मेवारी र मर्यादाविपरीत रहेको जनाएको छ ।