काठमाडौँ / आज नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको  महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो ।