काठमाडौँ  / साताको पहिलो दिन आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

यस्तै, आज चाँदीको मूल्य पनि बढेको भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको हो ।