Screenshot_2023_0510_052201 5

मेष   - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

OM Sai Pathibhara Hospital

काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसी रहनेछ ।

वृष  - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  

नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन  - (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।

कर्कट  - (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समय साथीभाईसँग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

सिंह   - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  

प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

कन्या  - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  

प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना विस्तारै फलदायी हुनेछन् ।

तुला  - (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  

नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ ।

वृश्चिक  - (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

धनु   - (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

मीन  - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ