काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको आज बसेको बैठकले नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको थियो । परीक्षामा कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । 

देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :Screenshot_2023_0705_090102 1