काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ ।  नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

 गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूलब्लू डट एसईई डट जिओभी डट एनपी, डब्लूडब्लूलब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसईई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिने छ ।

Screenshot_2023_0705_090102