काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटको अन्तिम खेलमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ ।

सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन् । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।