काठमाडौँ / साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले दोस्रो सेमिफाइनलमा शनिबार बेङ्लोरमा लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । त्यसअघि ९० मिनेट र ३० मिनेटको एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

आठ पटकको च्याम्पियन भारत साफको फाइनलमा १३ औं पटक प्रवेश गरेको हो । भारत सन् २००३ को बाहेक सबै साफको फाइनलमा पुगेको छ । यसअघि आमन्त्रित टिम कुवेतले बङ्गलादेशलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त मंगलबार हुनेछ ।